फेस अफ फेसनको ग्राण्ड फिनाली २९ गते आइतबार


राजाराम पौडेल, पोखरा – पोखरामा आयोजित फेस अफ फेसनको ग्राण्ड फिनाली आश्विन २९ गते आइतबार पोखरा सभागृहमा हुने भएको छ ।
‘फेस अफ फेसन’ नाम दिएर रमाइलो छ प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई वटा अडिसन राउण्ड पार गरेर कुल ३४ जना प्रतिस्पर्धाबाट १७ जना युवा युवती फाईनलमा प्रबेश गरेका छन् ।

१७ जना मध्येबाट युवा तथा युवती तर्फ बिजेता र उपबिजेता घोषणा गरीने रमाईलो छ डट कमका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बिजेता तथा उपबिजेताहरुले नगद तथा विभिन्न गिफट् ह्याम्पर हात पार्ने छन् ।

मोडलिङमा लागेर आफ्नो भबिष्य गुणस्तर बनाउन चाहने युवा युवतीको लागि पोखरामा पहिलोपटक मोडलिङ प्रस्तिस्पर्धाे आयोजना गरेको बताउदै यस्तो किसिमको प्रतियोगिता पोखरामा अहिलेसम्म नभएको श्रेष्ठले दाबी गरे ।

ऐरीष्ट अफ भोड्काको मुख्य प्रायोजनमा हुने फेस अफ फेसनको फाईनल कार्यक्रमको ब्यबस्थापन ईपोल ईन्टरटेन्मेन्टले गर्नेछ ।