व्यवस्थापिका संसदका ५९२ सांसदहरुलाई  भोली बाटो खर्चसहित विदाई गरिने


काठमाडौं –  भोली असोज २८ गते शनिबार व्यवस्थापिका संसदका ५९२ सांसदहरुलाई  विदाई गरिने भएको छ । शनिबारनै संसदको बिशेष बैठक राखेर उनिहरुलाई बाटो खर्चसहित बिदाई गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।

असोज २९ गते समानुपातिकको बन्द सुचि बुझाउने भएपछि त्यसैलार्य आधार मानेर हालका सांसदहरु शनिबार मध्यरातिबाटै भूतपूर्व हुन भएपछि उनिहरुलाई बाटोखर्च बापत थप एकमहिनाको तलव बराबरको रकम दिएर बिदाई गर्न लागिएको हो ।

संसदको (आज)शुक्रबार ३ बजेको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक बोलाइएको छ, जसले सांसदहरुलाई विधिवत बिदाई गर्ने तयारी भएको छ । परानो प्रचलन अनुसार भूतपूर्व भएर फर्किन लागेका सांसदहरुलाई यातायात खर्च दिएर विदाइ गर्ने चलन छ । सभामुख ओनसरी घर्तीले शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार बबिन शमाले बताए ।

२०७० मंसिर ४ गते निर्वान संविधानसभा निर्वाचन भएको थियो । संवैधानिक व्यवस्थाअनुसार संविधान जारीपछि संविधानसभा व्यवस्थापिका संसदमा परिणत भएको थियो । सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा पनि पाउने संसद सचिवालयका प्रवक्ता गौतमले बताए ।

संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन् । अर्को संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।