नपरोस है कहिले रुनु (कबिता)


– मनु क्षेत्री ,

यु .ए .ई.
खुसी तिमी भयौ होला, आँशु मेरो झारी छाड्यौ ।
आयु तिम्रो लम्ब्यो होला, मलाई जिउदै मारी छाड्यौ ।।

बाचा कसम आफै खायौ, आफै आज तोडी गयौ ।
जुनी जुनी साथ दिन्छु, भन्थ्यौ आज छोडी गयौ ।।
भन्ने गर्थेउ दुई ज्यानको, भयो हाम्रो मुटु एउटा ।
तिमी नै होउ मन्दिर मेरो, मैले पुज्ने मेरो देउता ।।

मनको मन्दिर भत्काएर अन्तै बसाई सार्नु रैछ ।
झुटो मायाँ देखाएर, मलाई बेहाल पार्नु रैछ ।।
टुक्रा टुक्रा गराई मुटु, न जोडिने पारि छाड्यौ ।
अमृत भनि बिष दियौ, झुक्याएर मारी छाड्यौ ।।

थाहै न दिई माया हाम्रो, एक तर्फी तोडी गयौ ।
तिमी बिना मर्छु थाछ, तर पनि छोडी गयौ ।।
तिम्रो खुसी यहि हो भने, सधैं सधैं खुसी हुनु ।
हासी खुसी जिउनु सधैं, नपरोस है कहिले रुनु ।।

नपरोस है कहिले रुनु…..