‘तिम्रै नामको सिंदुर’ सार्वजनिक


पोखरा । ऋषभ फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा ‘तिम्रै नामको सिंदुर’ आधुनिक गीतको भिडियो मंगलबारदेखि सार्वजनिक भएको छ ।

छायाङ्कन तथा श्रृङ्गार पुष्कर थापाले र सर्वज्ञमान शाक्यले सम्पादन गरेको उक्त आधुनिक गीतमा सङ्ग्रेली अन्तरे मगरको शब्द, संगित तथा संयोजन दिवस थापामगरको र गायिका निता गुरुङको स्वर रहेको छ ।

पोखराका पर्यटकीय क्षेत्रमा छायांकन गरिएको सो भिडियो गीतमा मुख्य अभिनय प्रविन पुन, सरिता खड्काथोकी र प्रिया गुरुङको रहेको छ ।

गायक तथा संगितकार एन. जे. सागर शाहको निर्देशन रहेको सो गीतमा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाट, पद्म नर्सिङ होमका वरिष्ट डा. कालू शर्मा, ए.एस.एन. ब्रो लगाएतले पनि अभिनय गरेका छन् ।

भिडियोको हाई लाईट्स नेपाल प्रा.लि.ले अनलाईन डिष्ट्रिब्यसन गरेको छ ।