हेमन्तका मुक्तकहरु – चार टुक्रा


– हेमन्त रानाभाट
कोषाध्यक्ष एन.आर.एन.ए. स्पेन

 

मन थिएन सानु आउनलाई प्रदेश,
बिवशता बुझ्नु मायालाई नमार्नु ।
सुहाउदैन  सानु तिम्रो नयन भिझेको,
मोतीलाई पानी बनाई,आखाबाट नझार्नु ।।

**************************
बिच बाटोमा अचानक छाडेर गयौ,
सम्हालीएको मनलाई भाडेर गयौ ।
मायाको फुलबारी फाडेर गयौ ,
आफ्नो जवानी धेरैलाई बाडेर गयौ ।।

************************

निभ्नै लागेको दिप हु म ,
हुरी बतास छेक्नलाई आयौ ।
अन्तिम  रोशनीमा मेरो ,
आफुलाई सेक्नलाई आयौ ।।

**********************

तिमी जग्गियामा सजिएकी छौ ,
म त बिषको उन्मातमा छु ।
तिमी नयाँ जीवनको प्रखरमा छौ ,
म जीवनको अन्तिम प्रहरमा  छु ।।