नेपाल आइडलका मुख्य प्रतिश्पर्धीहरुलाई पोखरामा एकसाथ देख्न पाइने


पोखरा – सर्वाधिक दर्शकले रुचाइएको गायन रियालिटी सो नेपाल आइडलका मुख्य प्रतिश्पर्धीहरुलाई पोखरामा एकसाथ देख्न पाइने भएको छ ।

पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास सहित सागर आले र सन्ध्या जोशीको गायन पोखरेलीले पहिलोपटक पोखराको एउटै मञ्चमा हेर्न पाउने भएका हुन् ।

असोज २८ गते शनिबार पोखराको प्रर्दशनी केन्द्रमा कन्सर्ट हुन लागेको आयोजकले जनाएको छ । कन्सर्टको लागि दिउसो २ बजे गेट खुल्ला हुने र अपरान्ह ४ बजेदेखि कन्सर्ट सुरु हुने बताइएको छ । कन्सर्टमा प्रवेशका लागि १ हजार , पाँच सय र तीन सय टिकटदर कायम गरिएको छ ।