पोखरामा फेस्टिभ फेसन नाइट


राजाराम पौडेल,पोखरा – पोखरामा फेस्टिभ फेसन नाइटको आयोजना गरियो । तीनवटा सिक्वेन्स मार्फत १५ जना मोडलहरु ¥यापमा देखिए । यसरी ¥यापमा देखिनेमा अल्विना बनु, सिँना क्षेत्री, सानया ढकाल, सोनोमो मल्ल, निकिता परियार, पवित्रा सुनाम, वर्षा बराल, कुसुम पुन, रोश्नी सविन, सोनु पुन, मिना गुरुङ, आर्यन बहादुर क्षेत्री, निश्चल श्रेष्ठ, एलोन र सुमन मल्ल रहेका थिए ।

वाइ वि एस टिमको आयोजनामा भएको कार्यक्रमको अन्य आर्कषणमा डान्स, म्युजिक र गेम रहेको थियो । पोखराको ओजन लाउञ्ज बारमा आयोजित कार्यक्रममा रम्न युवायुवती पुगेका थिए ।