विक्रमको पञ्चेबाजाको गीत ‘लगन जुरेर’


राजाराम पौडेल,पोखरा – लोक दोहोरी गायक विक्रम क्षेत्रीको पञ्चेबाजाको गीतलाई दर्शक श्रोताले रुचाएका छन् । ‘लगन जुरेर’ बोलको पञ्चेबाजाको गीतमा उनले केहि नयाँ प्रयोग उनले गरेका छन् । आफ्नो विवाहमा खिचिएको वास्तविक दृश्यलाई गीतको भिडियोमा राखेका उनले विवाहलाई जिवन्तता मात्र नभएर दर्शकलाई वास्तविकता देखाउन खोजेका छन् । मौलीक पञ्चेबाजाको धुन र पश्चिमेली भाका समिश्रण गितमा छ । जसले गर्दा दर्शककको माया उनलाई मिलेको छ ।

अवसर म्युजिक प्रालीले वजारमा ल्यायएको गीतको शब्द,लय उनकै हो भने आवाजमा उनलाई देवी घर्तीले साथ दिएकी छन् । म्युजिक भिडियोको क्षेत्रवहादुर क्षेत्रीले निर्देशन गरेको हुन् ।
वि.स. २०७१ सालमा ‘आकाशको जुन’ बोलको गीतमा आवाज भरेर साँगीतिक क्षेत्रमा उनको डेब्यु भएको हो । जुन गीतमा आवाजमा पुर्णकला विसीले साथ दिएकी थिइन् । प्रकाश केसीको लय र दुर्गा प्रसाद तिवारीको शब्द रहेको गीतले उनलाई दर्शक श्रोतामाझ चिनायो । २०७३ मा ‘बतासै चल्यो’ सालैजो गीत उनले बजारमा ल्याए । प्रकाश केसीको लय र दुर्गा प्रसाद तिवारीको शब्द रहेको यस गीतमा आवाजमा सर्मीला गुरुङले उनलाई साथ दिइन् । यो गीतमा क्षेत्री मोडलको रुपमा समेत देखिए ।

यतिबेला उनले ‘जुनी जुनी’ बोलको गीत रेर्कड गरेका छन् । गीतमा आवाजमा उनलाई अस्मिता डिसीको साथ रहेको छ । गीतको भिडियो निर्माण गरेर दर्शक श्रोतामाझ पस्कने तयारी उनले गरेका छन् । स्थापित गायक बनी नेपाली साँगीतिक क्षेत्रमा अगाडी बढ्ने सपना बुनेका उनले लोक दोहोरी, लोक पप र लोक भजन मार्फत यात्रा तय गरेका छन् ।

मेला महोत्सव लगायतका विभिन्न कार्यक्रममा प्रस्तुती देखाइसकेका विक्रमले चितवन भरतपुरको अविरल संगीत विद्यालय मार्फत संगीत सिकेका थिए । उनले अहिले संगीत सिकाउने पनि गर्छन् । पर्वत जिल्लाको भंगारा गाविसमा जन्मेका उनी हाल चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ९ मा बस्छन् । उनले केहि समय दोहोरी साँझमा गीत समेत गाए । उनी चितवनको ओम शान्ती एकेडेमीका शिक्षक पनि हुन् । उनले विभिन्न प्रतियोगीतामा भाग लिई पुरस्कार समेत जितेका छन् ।