ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको बृहत् लोकतान्त्रिक गठबन्धनको बैठकले सैदान्तिक पक्षहरुमा छलफल गरेर साझा लिखित अवधारणा तयार गरी अगाडि बढ्ने मार्गचित्र तयार पारेको छ । आज राजधानीबाट प्रकाशित  अधिकांश दैनिक पत्रिकारुले लोकतान्त्रिक गठबन्धन साझा धारणा बनाउन अग्रसर बनेको लेखेका छन् ।

वाम एकतामा दिल्ली अचम्मित बनेकोलाई पनि आजका केही पत्रपत्रिकाहरुले विश्लेषण गरेका छन् । पत्रपत्रिकाको विश्लेषण छ – नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली सरप्राइज भएको छ ।

राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामति ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिस भएकोलाई पनि आजको पत्रपत्रिकाहरुले महत्त्वका साथ लेखेका छन् ।

यसका अलावा आजका पत्रपत्रिकाहरुले आयल निगम घोटाला, फोरम–राजपा रणनीति, शीर्ष नेताको उम्मेदवारीलगायत विषयलाई पनि समाचार बनाएर पस्केका छन् ।