एनआरएन यूकेका अध्यक्ष फगामी र एनआरएन आइसिसी सदस्य गुरुङलाई पोखरामा भव्य स्वागत


पोखरा – गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेका अध्यक्ष योगकुमार फगामी र एनआरएन आइसिसी सदस्य जयप्रकाश गुरुङलाई पोखरामा भव्य स्वागत गरिएको छ । अध्यक्ष फगामी र आइसीसी सदस्य गुरुङ म्याग्दीको दरबाङमा हुने मोना आइसिसीको अधिवेशन तथा एनआरएन आइसिसीको काठमाडौंमा हुने महाधिवेशनमा भाग लिन नेपाल आएका हुन् ।

म्याग्दीमा घर भई हाल विभिन्न पेशा व्यवसायका कारण विभिन्न देशमा रहेका म्याग्देलीहरुको म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारिणी समिति ( मोना आइसिसी ) को दोस्रो अधिवेशन ८, ९ र १० अक्टोबर म्याग्दीको दरबाङमा सुरु हुदैँ छ । भोलिदेखि तीन दिन सम्म चल्ने अधिवेशनमा २५ देशका १ सय भन्दा बढी प्रतिनिधि सहभागी रहेको फगामीले जानकारी दिए । अधिवेशनको पहिलो शत्र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा हुने छ । सो अवसरमा म्याग्दीका सम्पूर्ण सरकारी कर्मचारी, पार्टीमा आवद्ध प्रतिनिधि, सभापति, सभासद्, समाजसेवीको सहभागीता रहने उनले बताए । अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

यस्तै गैर आवासीय नेपाली संघ एनआरएन आइसिसीको महाधिवेशन यहि १४ देखी १७ अक्टोबर सम्म काठमाडौंमा हुदैँ छ । महाधिवेशनमा विभिन्न देशबाट २ हजार जना प्रतिनिति सहभागी हुने एनआरएन आइसिसी सदस्य जयप्रकाश गुरुङले जानकारी दिए । उक्त अत्रिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेका अध्यक्ष फगामी र एनआरएन आइसिसी सदस्य गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की ( फोनिज ) ले स्वागत गरेको छ ।

फोनिज कास्कीका अध्यक्ष एम.बी.आस्था मगर र कोषाध्यक्ष उमा आलेमगरले फगामी र गुरुङलाई खादा लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।

यस्तै फगामी र गुरुङलाई बेगखोला कल्याणकारी समाज पोखरा, ब्रिटिस गोर्खाज ट्रेनिङ सेन्टर पोखराका पदाधिकारीले समेत स्वागत गरेका थिए ।