ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेससहित ६ राजनीतिक दलले प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । बिहीबार राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले यो विषयलाई मुख्य खबर बनाएर छापेका छन् ।

सरकारले सुरक्षा ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकहरु आन्दोलित भएका छन् । आन्दोलित देशभरका चिकित्सकहरुले हेल्मेट लगाएर उपचार गर्न थालेको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकतामा राखेका छन् ।

 

सरकार परिवर्तनको खेलमा नलाग्ने भनेर वाम गठबन्धनले सार्वजनिक गरेको धारणालाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् । यसका अलावा वैदेशिक रोजगारमा भएको ठगी, उम्मेदवार छान्न र घोषणापत्र बनाउन वाम गठबन्धनले दुई कार्यदल बनाएको खबरलाई पनि पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर लेखेका छन् ।