अबैध भारतीय नोट सहित पोखरा विमानस्थलबाट एक भारतीय पक्राउ


पोखरा – अबैध भारतीय नोट सहित पोखरा विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बुद्धएयरको फ्लाईट नं ६१२ बाट पोखराबाट काठमाण्डौ जान लागेका भारतको पश्चिम बंगाल कोलकता ३६ बर्षिय कृष्ण बेर्नजी पक्राउ परेका हुन् ।

उनको झोलाबाट भारतिय नोट खानतलासी गर्ने क्रममा भारु २ हजार दरको नोट २१२ र ५ सय दरको नोट २१७ गरी जम्मा भारु ५ लाख ३२ हजार ५ सय सहित पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान तथा आबश्यक कार्बाहीको लागी निज बेर्नजीलाई राजश्व बिभाग काठमाण्डौ पठाईएको छ ।