प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ कास्की १ मा खगराज अधिकारी सिफारिस


पोखरा –  नेकपा एमाले कास्कीले कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा खगराज अधिकारी चुनावका उम्मेदवार सिफारिस भएका छन् ।

प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ पुर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीको नाम मंगलबारको एमाले कास्कीको बैठकबाट सर्वसहमत पारीत भएको हो । प्रतिनिधि सभाका लागि कास्की ३ बाट जगत विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम छनौट गरेको छ ।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको तालमेलका कारण क्षेत्र नम्बर २ को र प्रदेश सभाको छनौट भने स्थगित भएको । स्थगित भएको छनौटको काम प्रदेशको असोज १८ गते र प्रतिनिधि सभाको असोज १९ गते हुने एमालेले जानकारी दिएको छ ।