माओवादी केन्द्रले धोका दियो : काँग्रेस


काठमाडौं– एमाले माओवादीबीच चुनावी तालमेल र पार्टी एकता हुने भएपछि सत्तारुढ दल नेपाली काग्रेसको प्रतिक्रिया अाएको छ । माओवादी केन्द्रले धोका दिएको  नेपाली कांग्रेसले बताएको छ । एमाले माओवादीबीच चुनावी तालमेल र पार्टी एकताबारे तयारी गरेपछि सत्ताघटक प्रमुख दल कांग्रेसले यस्तो निश्कर्ष निकालेको हो ।

कांग्रेसको मंगलबार बसेको आकस्मिक बैठकले एमाले मओवादीको अस्वभाविक गठबन्धन बन्न लागेको भन्दै त्यसलाई आपत्ति समेत जनाएको छ ।