छातीमा जमरा, हेर्नेको आकर्षण


पोखरा – पोखराका एक जना ब्यत्तिले दशैका लागी छातिमा जमरा राख्नुभएको छ । पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर २४ कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा आयोजीत नव दुर्गा महोत्सवमा लेखनाथ सुवेदीले छातीमा जमरा राख्नु भएको छ । विश्व शान्ती कामनार्थ नव दुर्गाको दश दिन यहा विहान वेलुका पुजा पाठ हुने गर्छ ।

गुप्तकालीका मन्दीर परीसरमा आफ्नो छातीमा जमरा राखेर निराहार तथा मौन व्रर्त वस्नु भएका लेखनाथ सुवेदी सवैको आकर्षण बन्नु भएको छ । उहाँलाई हेर्नेरुको भिड लाग्ने गरेको गुप्तकाली धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुरप्रसाद त्रिपाठी बताउनुहुन्छ । घटस्थापनाका दिनबाटै सुवेदीले आफनो छातीमा जमरा राख्नु भएको हो ।

उहाँले मन्दीरको लागी र कास्कीकोट दरबारको प्रवद्र्धनका लागी छातीमा जमरा राखेको बताउहुन्छ । उहाँले निराहार ब्रत बसि छातीमा जमरा राख्नु भएको हो । सप्तमीको दिन पोखराको रामघाट वाट भजन कृर्तन सहित फुलपत्रको डोली मन्दीरमा प्रवेश गराउने गरीन्छ । सोही दिन विश्वमानै लोप उन्मुख कुवर जातीको सरुङ खेल सत्रौ शताव्दीका ढाल तरवार तथा नगरा धोपहरु समेत प्रर्दशन गरीने समितीका अध्यक्ष दिलीप विक्रम शाहीले वताउनु भयो । गुप्तकालीका मन्दीरमा तान्त्रीक तथा वैदीक पुजा हुन्छ मन्दीरको दर्शन गर्न टाढा टाढा वाट हजारौ सर्दालु भतm जनहरुको उपस्थीती रहने गर्छ ।