गण्डकी विकास बैंकलाई बेस्ट म्यानेज्ड बैंक अर्वाड


????????????????????????????????????

पोखरा – गण्डकी विकास बैंकले बेस्ट म्यानेज्ड बैंक अर्वाडबाट सम्मानित भएको छ । न्यू विजिनेश एज प्रा.लि द्धारा आयोजित चौथो न्यु बिजनेश एण्ड अवार्ड २०१७ मा गण्डकी विकास बैंक सम्मानीत भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले अवार्ड ग्रहण गरे ।

यस अघि सविकको फेवा फाइनान्स लिं (हाल गण्डकी विकास वैकमा गाभिएको) पनि बेस्ट म्यानेज्ड फाइनास कम्पनीको अवार्ड जितेको थियो । गण्डकी विकास वैकमा गाभिएका सविकका फेवा फाइनान्स लिं ,विश्व विकास वैक लि. र गण्डकी विकास वैकका रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा संचालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप १८ अर्ब ३३ करोड , कर्जा तर्फ १६ अर्ब ५१ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।