मिस सुनार नेपालको उपाधि अखिला सुनारलाई


पोखरा – मिस सुनार नेपालको उपाधि अखिला सुनारले जितेकी छिन् । पोखरामा  सम्पन्न प्रतियोगितामा उनले उपाधि सहित १० तोलाको चाँदीको क्राउनसँगै पचास हजार रुपैया नगद प्राप्त गरिन् ।

कुल १५ प्रतिस्पर्धीबाट दोश्रो चरणमा १० र फाइनलका लागि छनोट भएका ६ जनालाई उछिन्दै अखिलाले उपाधि जितेकी हुन् । प्रतियोगितामा दृष्टि सुनार फस्ट रनरअप र अश्मिता सुनारले सेकेण्ड रनरअपको उपाधि जिते । सपना सुनारले अर्गनाइजर च्वाईसको उपाधि प्राप्त गरिन् । फस्ट रनरअप दृष्टिले बीस हजार रुपैया नगद र सेकेण्ड रनरअप अश्मिताले दश हजार रुपैया नगदसँगै अन्य गिफ्ट ह्Þयाम्पर हात पारे । प्रतियोगितामा अन्य आठ ओटा बिभिन्न सबटाइटल मार्फत पनि अवार्ड प्रदान गरिएको थियो ।

प्रतियोगिताका निर्णायकमा चलचित्र निर्देशक तथा गायक नेत्र गुरुङ, मिस्टर पोखरा २०११ तथा मोडल निरज पन्त, मिसेस तिज २०६८ तथा सञ्चारकर्मी, सौन्दर्यकर्मी रोजी श्रेष्ठ, प्रथम मिस सुनारकी सेकेन्ड रनरअप शिला सुनार र समाजसेबी तथा ब्यबसायी प्रकाश शेर्पाइली थिए ।

सुनार समुदायका युवतीहरूको नेतृत्व , व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यले पिएसथा इन्टरटेन्मेन्टले प्रतियोगिता आयोजना गरेको हो ।