समृद्धिलाई रोक्ने मुख्य शत्रु राजनैतिक भ्रष्टाचार


पोखरा –  नेपाली कांग्रेसका नेता महादेव गुरुङले मुलुकको समृद्धिलाई रोक्ने मुख्य शत्रु राजनैतिक भ्रष्टाचार भएको वताउनुभएको छ । नेपाली कांग्रेसका पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ का अगुवा कार्यकर्ता भेलामा वोल्दै पूर्वपर्यटन राज्यमन्त्री गुरुङले कुशल राजनीतिक नेतृत्वले मात्रै जनताको विश्वास पुरा गर्न सक्ने दावी गर्नुभयो ।

आफु जहिले पनि भ्रष्टाचारको विरुद्धका लडेको भन्दै पूर्वराज्यमन्त्री गुरुङले भ्रष्टाचारका विरुद्ध जनता लड्ने वेला आएको वताउनुभयो । नेता गुरुङले समृद्धि र स्थायित्व कांग्रेसको नेतृत्वमा मात्रै सम्भव रहेको समेत वताउनुभएको छ । कांग्रेस भित्र मौलाएको गुटको कारखाना अन्त्य गर्न पनि आम कांग्रेसहरुले खवरदारी गर्न आवश्यक रहेकोमा नेता गुरुङले जोड दिनुभयो ।

नेपाली कांग्रेसमा नेता राम्जी कुँवरले संविधान निर्माणदेखि कार्यान्वयनसम्मको महत्वपूर्ण अभिभारा कांग्रेसले गरेको भन्दै, अवको मुल नेतृत्वमा पनि कांग्रेसका पक्षमा उभिन अपिल गर्नुभयो । नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले विकास र स्थायी शान्तिका लागि कांग्रेसको नेतृत्वका विकल्प नरहेको दावी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य दिपक गुरुङ, नेपाली कांग्रेस कास्कीका सहसचिव भरतवहादुर अधिकारी, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, पोखरा लेखनाथ २३ का वडाअध्यक्ष विष्णुप्रसाद पराजुली, महाअधिवेशन प्रतिनिधी किशोरदत्त वराल, जिल्ला सदस्य नविन सिग्देल, नेपाली कांग्रेसका नेताहरु मनपति भण्डारी, हरिप्रसाद लामीछाने, गोपाल पौडेल, भीमवहादुर राना, क्षेत्रीय सदस्य देवेन्द्र विक्रम शाही, वडा सदस्यहरु भरतराज भण्डारी र गिता भट्टराई, पूर्व गाविस उपाध्यक्ष हरिभक्त पौडेल, नेपाली कांग्रेसका नेताहरु शालिकराम लामीछाने, गंगाधर तिमिल्सीना, प्रेम पराजुली, गणेश दाहाल, जीवनाथ लामीछाने, ईन्दिरा लामीछाने, गंगा भण्डारी, मिनवहादुर गुरुङ, लगायतले वोल्नुभएको थियो । नेपाली कांग्रेसका नेता सूर्यप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपेन्द्र पराजुलीले गर्नुभएको थियो ।