एफसी यू–१६ च्याम्पियनसिपमा नेपालले भारतलाई बराबरीमा रोक्यो


काठमाडौं– एफसी यू–१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ’डी’को दोस्रो खेलमा नेपालले भारतलाई बराबरीमा रोकेको छ ।

पहिलो हाफ गोलरहित बराबरी रहेकोले दोस्रो हाफमा दुवै टोलीले दुई दुई गोल गरे । ७६ औं मिनेटमा विर्जेश चौधरीको गोलबाट नेपालले अग्रता लिएको थियो ।

८२ औं मिनेटमा भारतले हरप्रितले गोल गर्दै बराबरी गराए । लगत्तै ८५ औं मिनेटमा हरप्रितले नै अर्को गोल गरे पछि नेपाललाई निकै दबाब पर्यो ।

भारतले लगत्तै दुई गोल फर्काएपछि नेपाली खेलप्रेमी दर्शकलाई निराश बनाए पनि ८८ औं मिनेटमा विर्जेशले नै व्यक्तिगत दोस्रो गोल गरी बराबरीमा रोक्न सफल भए । बराबरीमा रोकेसँगै खेलाको छनोट हुने सम्भावना कायमै रहेको छ ।

शुक्रबार नै भएको पहिलो खेलमा  इराकले प्यालेस्टाइनलाई ४–० ले पराजित गरेको थियो ।