४८ औँ राष्ट्रिय रक्तदान दिवसको पोखरा बैदाममा ५१ यूनिट रगत संकल


पोखरा, साउन १२
साउन १२ गते राष्ट्रिय रक्तदान दिवस , नेपालभर विविध कार्यक्रम गरी मनाईएको छ ।
वि.सं. २०२३ साउन १२ गते वीर अस्पताल काठमाडौँमा पहिलो रक्तदाता दयाविर कंशकारले पहिलो पटक रक्तदान गरेर यस दिनलाई राष्ट्रिय रक्तदान दिवसका रुपमा मनाउँदै आएको छ ।
४८ औँ राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी पोखरा उपशाखा बैदामले सोमबार शाखाको कार्यालय बैदाममा ६ जरेबरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको छ ।
कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले पहिलो रक्तदाता कृष्णबहादुर पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको क्षेत्रीय रक्तसञ्चार केन्द्रका संयोजक धर्म अधिकारीले जानकारी दिनुभएको छ ।
त्रिदिवसीय रुपमा विविध कार्यक्रम गरिरहेको सोसाइटीले अस्ति १० गते रक्तदान र हिजो आइतबार निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ ।