ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – प्रदेश २ मा सोमबार भएको तेस्रो चरणको स्थानीय निर्वाचनको विषयलाई आज सबैजसो दैनिक पत्रिकाहरुले मुख्य खबर बनाएर छापेका छन् । त्यहाँ शान्तिपूर्ण र उत्साहप्रद ढंगले चुनाव भएको पत्रपत्रिकाहरुले लेखेका छन् ।

चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्कालाई सोमबार बसेको मन्त्रिपरिषद्ले बर्खास्त गरेको विषयलाई पनि आजका पत्रिकाहरुले उत्तिकै महत्त्व दिएर छापेका छन् ।

संविधानसभाबाट संविधान जारी भएको २ वर्ष पुगेको छ । पत्रपत्रिकाहरुले असन्तुष्टि, अवरोध र अन्योलबीच सुस्त गतिमा संविधान कार्यान्वयन भइरहेको लेखेका छन् ।

सरकार विस्तारपछि मन्त्रिपरिषद् ५६ सदस्यीय भएको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् ।