ल हेरौ आज प्रकाशित दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश २ का १३६ स्थानीय तहमा मतदान हुँदैछ । काठमाडौंबाट प्रकाशित हुने सबैजसो दैनिक पत्रिकाहरुले आज यही विषयलाई मुख्य खबर बनाएर छापेका छन् ।

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरिएको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन असोज ३ गते अमेरिका जाँदैछन् । यो विषयलाई पनि आजका केही पत्रपत्रिकाहरुले स्थान दिएका छन् ।