धापासी युवा क्लवद्धारा जेष्ठ नागरिक सम्मान


काठमाण्डौ – काठमाण्डौ जिल्ला टोखा नगरपालिकामा रहेको धापासी युवा क्लवले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । क्लबले आफ्नो चौथो वार्षीकोत्सवको अवसरमा शनिबार ७० वर्ष माथीका ५५ जना वृद्धवृद्धालाई जेष्ठ नागरिक सम्मान गरेको हो । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कार्यपालिका सदस्य सञ्जिव सुनार, क्लवका अध्यक्ष प्रकाश काछकी मगर, निवर्तमान अध्यक्ष शम्भु चालिसेलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।


वार्षिकोत्सवको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम पनि भएका थिए । कार्यक्रममा गायक अर्जुन कौशल, राजन ठकुरी, हास्यकलाकार केशव सापकोटा, सुसिला निरौलाको साथमा स्थानिय कलाकारको प्रस्तुतीमा उपस्थित दर्शक रमाए ।


क्लवका अध्यक्ष प्रकाश काछकी मगर, कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कार्यपालिका सदस्य सञ्जिव सुनार, क्लवका निवर्तमान अध्यक्ष शम्भु चालिस, लोकदोहोरी कलाकार प्रेम सागर पौडेल, कार्यक्रम संयोजक रमेश लामा, सचिव राजेश श्रेष्ठ लगायतले बोलेका थिए । क्लवले आगामी दिनमा पनि रचनात्मक कार्य गर्दै अगाडी बढ्ने निवर्तमान अभ्यक्ष चालिसेले बताए ।
वि.स. २०७० सालमा स्थापना भएको धापासी युवा क्लव टोखा नगरपालिकामा सामाजिक कार्य गर्ने संस्थामा अग्रपंत्तिमा आउने विभिन्न सामाजिक कार्य मार्फत समाजमा आफ्नो फरक पहिचान बनाउन सफल बनेको छ ।