मतदाता पुख्र्यौली घर फर्कन थाले


विराटनगर -विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली घर फर्कन थालेका छन् ।

प्रदेश नं–२ मा असोज २ गते अर्थात सोमबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जानेमा विराटनगरमा घर बनाएर बस्दै आइरहेका परिवार, कर्मचारी, विद्यार्थीलगायत छन् ।

सप्तरी, सिरहा र धनुषा जिल्लाका करिब दुई हजार परिवार विराटनगरमा घर बनाएर बस्ने गरेको, ठूलो संख्यामा विद्यार्थी विभिन्न शिक्षण संस्थामा अध्ययन गरिरहेका छन् भने कतिपय सरकारी कर्मचारीका साथै विभिन्न उद्योग लगायतका कार्यरत छन् ।

दुई दशकको अन्तरालपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आपूmले मन पराएका उम्मेदवारलाई मतदान गर्न पुग्नुपर्ने हनुमानगर– कंकालिनी नगरपालिका घरमा कृपानन्द झाले बताउनुभयो ।

यस निर्वाचनमा उत्साहका साथ मतदान गरिने र आपूmले मन पराएका उम्मेदवारलाई मतदान गर्ने उहाँ जस्ता मतदाताले बताएका छन् ।

राजविराज नगरपालिकाका श्रीमती पुनम देवले पनि भोलि बिहानै राजविराज जाने बताउनुभयो । विराटनगरमा पसल गर्दै आइरहनुभएका सप्तरीको तीलाठी घर भएका अञ्जन मिश्रले दुई दिन पसल बन्द गरेर मतदान गर्न अवश्य पुग्ने बताउनुहुन्छ । कुन उम्मेदवारलाई मत दिने विषयमा निर्णय नगरिएको र गाउँ पुगेपछि मात्र यस विषयमा निर्णय गर्ने उहाँको भनाइ छ ।

यसैबीच, प्रदेश नं–२ मा आउदो सोमबार हुनगइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रदेश नं–१ को केन्द्रविन्दुको रुपमा रहेको विराटनगरमा पनि व्यापक चर्चा परिचर्चा हुने गरेको छ ।

प्रदेश नं–२ को आठवटैै जिल्लाका अधिकांश मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रको रुपमा अंकित गरिएको छ । स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था कडा पारिएपछि मतदातामा उत्साह थपिएको छ । रासस