साझा प्रकाशनका विवादित अध्यक्ष शर्मालाई कारबाही तयारी


काठमाण्डौ – साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्दप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेका छन् ।

अध्यक्ष शर्मा तथा मनोनित सदस्य एवं पूर्वशिक्षामन्त्रीहरु प्रदीप नेपाल र दिनानाथ हर्माले दशैंपहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ ।

शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री गोमालमान श्रेष्ठले भने,

-उनीहरु हालै मन्त्रालयमा आएर अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने भन्दै ४० करोड रुपैयाँ माग गरेका थिए ।

-साझाको विवाद नटुंगिएसम्म एक पैसा पनि उपलब्ध गराउन सकिदैन भनेर जवाफ दिएँ ।

अध्यक्ष शर्मालाई कारबाही तयारी भइरहेको पनि मन्त्री श्रेष्ठले बताए । आजको नागरिक दैनिकमा खबर छ ।