प्रदेश नं‍‍‍. ४ को प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्छ : पूर्व मन्त्रीअधिकारी


पोखरा – पूर्वमन्त्री एवं एमाले नेता खगराज अधिकारीले तिन तहको निर्वाचनसंगै समृद्ध नेपालको ढोका खोल्ने भएका छन् । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजनीतिक आन्दोलन सकिएकाले अव समृद्ध नेपाल निर्माणका लागी तिनै तहका निर्वाचन सम्पन्न हुनुपर्ने बताए । नेता अधिकारीले असोज २ गते हुने प्रदेश नम्वर २ को निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गरे । ‘मधेश र मधेशी जनताको पक्षमा एमालेले काम गरेको छ, त्यसैले असोज दुई पछि मेधशमा सूर्योदय हुनेछ ।’ मधेशका मसिया हौ भन्ने नेताले के गरे अधिकारीले भने –सवै बढि भन्दा बजेट दिने केपी ओली मधेश विरोध हुने उनको भनाई थियो ।

उनले प्रदेश नम्वर चारको प्रदेश सरकार पनि एमालेकै नेतृत्वमा बन्ने जिकीर समेत गरे । चार नम्वर प्रदेशमा मेहनत र ब्यवस्थित गरेर जानसके एमालकै सरकार बन्छ भने ।‘ जनताको साथ र समर्थन रहेका कारण प्रदेश र केन्द्रीय सरकार एमालकै नेतृत्वमा बन्छ ।’ उनले हिजो तराईमा एमालेलाई गाली गर्नेहरु आज एमालेबाटै उम्मेदवार बनेको भन्दै मधेशमा राम्रो रहेको बताए । उनले माओवादी केन्द्रका केन्द्रीय स्तरका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्न लागेको खुलासा गरेका उनले कुन ठाँउबाट र कुन हुन भन्ने बारे बोलेनन् ।

माओवादी केन्द्रका केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताहरु करिब हजारको संख्यामा एमालेमा प्रवेश गर्न लागेको बताएका हुन् । अधिकारीले एमालेबाट माओवादीमा प्रवेश गरेका र माओवादीमा ठाँउ नपाएपछि उनीहरु पुन एमालेमा आउन लागेको समेत बताए । नेता अधिकारीले सरकारले सत्ताको दुरुपयोग गरिरहेको बताए । ‘सरकारले फेरी मतपत्र च्याने योजना सहित निवाचन आधार सहित विपरित न्यायाधिशको सरुवा गरेको छ ।’

चुनावको् परिणाम आफनो पक्षमा ल्याउनका लागी न्यायधिसहरुको सरुवा गराएर आचार संहिता विपरित काम गरेको समेत आरोप अधिकारीले लगाए । निवाचनलाई निवाचन जस्तो हुन नदिने चलखेल भैरहेको बताउदै त्यस्तो निवाचन मान्य नहुने समेत बताए । पत्रकार सम्मेलन प्रेस चौतारीका कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको थियो भने स्वागत रामजी लम्साल र संचालन अर्जुन गिरीले गरेका थिए ।