एशियन फोरमको क्षेत्रीय समितिमा बानिया, जिल्लामा थापा


पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) पश्चिमाञ्चल क्षेत्रिय समिति र कास्की जिल्ला समितिको मंगलबार सम्युक्त अधिवेशन सम्पन्न भएको छ ।

अधिवेसनले पश्चिमाञ्चल क्षेत्रिय समितिको अध्यक्षमा लक्ष्मण वानिया, उपाध्यक्षमा शिवकुमार वराल, सचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा उमाकान्त पराजुली र सदस्यहरुमा गीता चापागाँई, रामचन्द्र लामिछाने, ईश्वरीप्रसाद लम्साल र देवकी वराल रहेका छन् ।
अध्यक्षमा निर्वाचित वाँनिया निर्वतमान उपाध्यक्ष हुन् । कृषिमा लगानी गरेका उनले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई कृषिमा लाग्न अनुरोध गरेका छन् ।

त्यसै गरि कास्की जिल्ला समितिको अध्यक्षमा पुनः तिलक थापा, सचिवमा अम्बिका खड्का ढकाल, कोषाध्यक्षमा पार्वती पौडेल रेग्मी र सदस्यहरुमा मीरा पौडेल, दुर्गाप्रसाद वराल, किरण गुरुङ र सुर्यप्रसाद बराल सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष निरज थापाले बैदेशिक रोजगारीको लागि कोरिया पुगेर फर्केका नेपालीहरुले स्थापना गरेको एशियन फोरमले शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारलाई व्यवस्थित वनाउन विभिन्न कार्यहरु गर्दै आएको वताए ।

क्षेत्रिय अध्यक्ष जुम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण वानियाले र संचालन अम्बिका खड्का ढकालले गरेकी थिईन ।