ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपूर्ति मन्त्रीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आपूर्ति मन्त्री शिवकुमार मण्डललाई कारबाहीको प्रस्ताव ल्याउन दिएको निर्देशनलाई काठमाडौंबाट प्रकाशित हुने अधिकांश दैनिक पत्रिकाहरुले अाज मुख्य खबर बनाएर छापेका छन् ।

आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा अदालतबाट पराजित भएपछि डीआईजी नवराज मंगलबार प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।

 

बाढीपीडितका दुःखलाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । पत्रपत्रिकाका अनुसार, बाढीपीडित अझै पनि पालमुनि नै दिन गुजार्न बाध्य छन् । राहत नपाएपछि उनीहरु भोट माग्दै आउने नेताहरुसँग आक्रोसित बन्ने गरेका छन् ।

काठमाडौं उपत्यकाकाे बढ्दो प्रदूषण र यसकाे असरलाई पनि आजका केही पत्रपत्रिकाहरुले उठाएका छन् ।

कांग्रेस–माओवादी गठबन्धनको भविष्यदेखि त्रिविका उपकुलपति कांग्रेसको अन्तरघातीको सूचीमा परेकोलगायतका खबरले आजका पत्रपत्रिकाहरु भरिएका छन् ।