दवाडी र दाहाल बाल कल्याण संघ पत्रकारिता पुरस्कार–२०७४ बाट पुरस्कृत


पोखरा – हिमाली आवाज साप्ताहिकका प्रकाशक÷सम्पादक कृष्ण दवाडी र बिग एफएम पोखराका समाचारवाचक पुष्प दाहाल मंगलबार ‘बाल कल्याण संघ पत्रकारिता पुरस्कार–२०७४’बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने उद्धेश्यले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार दवाडी र दहाल पुरस्कृत भएका हुन् ।

संघको १७ औं साधारणसभा तथा पाचौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख तथा जिल्ला वाल कल्याण समितिका वाल कल्याण अधिकारी लक्ष्मीदेबी जिसीले नगद ३÷३ हजारसहित सम्मान पत्र र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले दोषल्ला ओढाएर सम्मान गरे ।

एक दशक अगाडि पोखरा हटलाइनबाट पत्रकारिता शुरु गरेका दवाडी हाल पिस पोखरा डटकममासमेत आबद्ध छन् । उनी प्रेस सेन्टर कास्कीका सचिव पनि हुन् । गण्डकी मिडिया हाउसबाट १३ वर्ष अगाडिदेखी पत्रकारिता शुरु गरेका अर्का पुरस्कृत व्यक्तित्व दहाल मेघा एफएम हुँदै हाल बिग एफएममा कार्यरत छन् । उनी पनि प्रेस सेन्टर कास्कीका कार्य समिति सदस्य हुन् । यसअघी सो पुरस्कारबाट पत्रकार नारायण साही, घनश्याम पाण्डेय र प्रकाश ढकाल सम्मानित भइसकेका छन् ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा केयर गिभर सरस्वती देवकोटालाई पनि सम्मान गरिएको थियो भने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ का सदस्य शिवप्रसाद तिमिल्सिनालाई पनि जनप्रतिनीधिमा निर्वाचित भएकोमा सम्मानसहित बधाई ज्ञापन गरिएको थियो ।