देउवा सरकारका नवनियुक्त मन्त्रिहरुलाई राष्ट्रपतिबाट सपथ


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त गरेका मन्त्रीहरुले साेमबार सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रिहरुले राष्ट्रपतिबाट सपथ खाएका हुन् ।

सपथ खानेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का ३ जना छन् । थपिएका मन्त्रीहरुमा राप्रपा प्रजातान्त्रिकका दीपक बोहरा, विक्रम पाण्डे र सांसद सुनिलबहादुर थापा छन् ।

नवनियुक्त मन्त्री बोहोराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । आजै उद्योग राज्यमन्त्री रेशम लामालाई प्रधानमन्त्रीको कार्यलयमा सपथ खुवाइएको छ ।