भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय हुने


 काठमाडौं – राप्रपा प्रजातान्त्रिकलाई समेटेर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।  मन्त्री र राज्यमन्त्री नियुक्तिको जानकारी प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा दिइसकेका छन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्री  सपथ भने भोलि मात्र हुनेछ । राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीको पठाएको छ ।

राप्रपा प्रजातान्त्रिकबाट बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री हुनेछन् । रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

राप्रपा प्रजातान्त्रिकले थप राज्यमन्त्री र सहायकमन्त्री पनि मागेको थियो । तर, प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ । ‘भोलि विहान ११ बजे सपथ तय भएको छ,’ उनले भने ।

भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय हुनेछ । यो अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हुनेछ ।

यसअघि भदौ ४ गतेको विस्तारसँगै देउवा सरकार ५० सदस्यीय भएको थियो ।