रिभानका पहिरोपीडितलाई  नेपाल तरुण दल कास्कीद्धारा वितरण


पोखरा –  नेपाल तरुण दल कास्कीले माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानका पहिरोपीडितलाई राहत वितरण गरेको छ। तरुण दल कास्कीले शुक्रबार पहिरोपीडितलाई भेटी राहत रकम हस्तान्तरण गरेको हो। कार्यक्रममा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र गायक कर्ण दासले विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष जुमबहादुर गुरुङलाई एक लाख ५५ हजार रुपैया राहत रकम हस्तान्तरण गरेका थिए।

नेपाल तरुण दल कास्कीले यस अघि ‘मानविय समवेदना वुझौं, प्राकृतिक प्रकोप पीडितहरुको सहयोगमा जुटौं’ भन्ने नाराका साथ आपतमा राहतको हातेमालो कार्यक्रम आयोजन गरी छ लाख रुपैया संकलन गरेको थियो।संकलित रकम मध्ये तीन लाख तरुण दल केन्द्रीय समितिमार्फत मधेशका बाढी पीडितलाई राहत रकम पढाइसकिएको तरुण दल कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसर बाँकी रकम कास्कीका विपत्मा परेका अन्य ठाँउमा वितरण गरिने छ।

राहत संकल गर्नका लागि नेपाल तरुण दल कास्कीले आयोजना गरेको सांगितिक कार्यक्रममा कलाकार कर्ण दास, विवेक श्रेष्ठ, रामभक्त जोजिजू, विनोद बानिया, इतु जोजिजू, योगेश काजी, मर्कुस दास, आनन्द बज्राचार्य र रुवै गौलीको साथ रहेको थियो।नेपाल तरुण दल कास्कीले विपद्का वेला यसरी नै सहयोग गर्दै आएको छ। यसअघी अन्नपूर्ण गाउँपालिका वडा नं. ९ उल्लेरीमा पहिरो जादाँ गायक कर्ण दासकै सांगितक कार्यक्रम मार्फत तरुण दल कास्कीले राहत वितरण गरेको थियो।

तरुण दल राजनीतिमा मात्रै नभए सामाजिक कार्यक्रममा पनि सधै अग्र पंक्तिमा उभिदै आएको छ’–गुरुङले भने–‘हरेक विपद्मा तरुण दल सधै साथमा रहेर सहयोग गर्ने छ।’ यहाँ समस्याका बारेमा समन्वय गरेर केन्द्रीय स्तरबाट पनि सहयोग गर्न तरुण दल तयार रहेको उनको भनाइ थियो।गायक कर्ण दासले विपद्मा परेका व्यक्तिलाई केहि सहयोग गरौं भनेर नै कार्यक्रम गरी यहाँ आएर सहयोग गरेको बताए।

यसैगरी, सोहि अवसरमा नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका वडा नं. १ का इकाइ सभापति भीमबहादुर गुरुङले पनि पहिरो पीडितलाई राहत स्वरुप नगद दश हजार रुपैया सहयोग गरेका छन्। नेपाल तरुण दल कास्की सचिव नरेन्द्र थापाले विपत्का वेला तरुण दल सधै साथमा रहने बताए।गत साउन २५ गते आएको पहिरोले ११ घर पूर्ण क्षती, दुई घर उच्च जोखिममा र तीन घर जोखिममा रहेका छन्।