महासंघ कास्कीलाई एक थान प्रोजेक्टर र एक थान स्क्रिन सहयोग


पोखरा – नेपाल पत्रकार महासंघ कास्की शाखाले भवन निर्माण कार्यले पुर्णता पाएपनी यस्को व्यवस्थापन र कार्यालय संचालनका लागी सहयोग आउनेक्रम जारी रहेको छ । नव निर्मित भवनको व्यवस्थापनका लागी पत्रकार राजु भण्डारीले विहिवार महासंघ कास्कीलाई एक थान प्रोजेक्टर र एक थान स्क्रिन सहयोग स्वरुप प्रदान गरे ।

पत्रकार भण्डारी महासंघ कास्की शाखाको पुर्व कोषाध्यक्ष समेत हुन् । पत्रकारितासँगै उनी सामाजिक क्षेत्रमा पनी त्यत्तिकै क्रियाशिल छन् । भण्डारीले विहिवार पत्रकार महासंघ कास्की शाखाको वैठकमा शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

पत्रकार भण्डारीले यस अघि महासंघको भवन निर्माणका वेला रु तीन लाख रुपया आर्थिक सहयोग गरेका थिए । महासंघ कास्कीको भवन निर्माण आचार संहिता अनुसार उनले दिएको सयोगको उच्च सम्मान गर्दै महासंघले उनको नाममा राजु भण्डारी कक्ष नामाङकरण गरेको छ ।

राजु भण्डारी कक्षलाई अहिले महासंघले तालिम कक्षको रुपमा संचालन गर्ने योजना वनाएको छ । तालिम कक्षका लागी आवश्यक सम्पुर्ण सामान उपलव्ध गराउने योजनाका साथ भण्डारीले प्रोजेक्टर र स्क्रिन उपलव्ध गराएका हुन् । सामान हस्तान्तरण गर्दै पत्रकार भण्डारीले महासंघलाई आँफूले आफ्नै घरजस्तो ठानेर निरन्तर सहयोग गर्दै आएको वताए ।

पत्रकार महासंघलाई सहयोग गर्दा आँफूलाई सन्तुष्टी मिल्ने गरेको भन्दै उनले आगामी दिनमा पनी सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । महासंघका कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेनाले पत्रकार भण्डारीको उत्तरोत्तर प्रगती र कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे ।