पत्रकार कल्याणकारी कोषकालागि फोनिज कास्कीले च्यारिटी शो गर्ने


????????????????????????????????????

पोखरा – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी च्यारिटीको शो को आयोजना गर्ने भएको छ । महासंघको बुधबार सम्पन्न बैठकले आगामी असोज ७ गते शनिवार नेपाली चलचित्र रानीको च्यारिटी शो गर्ने निर्णय गरेको हो ।

चलचित्र रानी निर्माता पोखराका समाजसेवी विमल गुभाजु र आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एम बी आस्था मगर सहित महासंघका पदाधिकारीहरुको बैठकले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी चलचित्र रानीको च्यारिटी शो गर्ने निर्णय गरेको हो ।

च्यारिटी शो बाट आम्दानी बाट बचत भएको रकमले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी संकलन गरिने फोनिजका अध्यक्ष मगरले वताए । मगरका अनुसार च्यारिटी शो संगै कोष स्थापनाका लागी अन्य कार्यक्रमहरुको समेत आयोजना गरिने छ ।

यसैवीच पत्रकार कल्याणकारी कोष स्थापनाका लागी फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरले अक्षयकोष स्थापनाका लागी ५ हजार रुपैया फोनिज कास्कीका कोषाध्यक्ष उमा आले मगरलाई हस्तान्तरण गरेका छन ।

सोही अवसरमा कोषाध्यक्ष उमा आलेमगरले पनि एक हजार रुपैया प्रदान गरिन् । यसैविच अमेरिकाको ओहायो प्रान्तमा रहेका पत्रकार गोकुल बानिया र उनका धर्मपत्नी रिता अधिकारीले पत्रकार कल्याणकारी कोषका लागी १० हजार रुपैया प्रदान गर्ने भएका छन ।
फोनिजले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी च्यारिटी शो संगै विभिन्न कार्यक्रमहरु आयोजना गरी कोष स्थापनालाई अगाडी वढाउने जनाएको छ ।