प्रदेश २ मा भोलि हुने उम्मेदवारी दर्ताको सबै तयारी पूरा


काठमाडौं – तेस्रो चरण अन्तर्गत आश्विन २ गते हुने प्रदेश २ को स्थानीय चुनावका लागि भोलि हुने उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको छ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । उम्मेदवारी दर्तार्का लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

प्रदेश २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ ।

प्रदेश २ मा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहको वडा संख्या १ हजार २७१ छन् ।

प्रदेश २ मा २६ लाख ६४ हजार ९५० मतदाता छन् भने ३ हजार ५७९ मतदान केन्द्र तोकिएको छ ।