ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – ८८ केजी अवैध सुन बरामद भएको घटनालाई आज सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाहरुले सुन तस्करीको इतिहास पस्कँदै यो डरलाग्दो बन्दै गइरहेको संकेत गरेका छन् ।

व्यवस्थापिका संसद्ले भ्रष्टाचार, बलात्कारलगायतका गम्भीर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेदवार बन्न नपाउने गरी सोमबार निर्वाचनसम्बन्धी कानुन पास गरेको छ । केही समयदेखि अड्किएर बसेको यो विषयलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ लेखेका छन् ।

राष्ट्रिय दल बन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनु पर्ने र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने भएको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका छन् ।