जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा अर्जुन आचार्य निर्बाचित  


-अर्जुन आचार्य

बार्सिलोना/ नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा अर्जुन आचार्य सर्बसम्मत निर्बाचित भएका छन्। आईतबार बार्सिलोनामा सम्पन्न मञ्चको दोस्रो अधिबेशनबाट आचार्य अध्यक्षमा निर्बाचित भएका हुन्। यसअघि शनिबार राति भएको निर्बाचन प्रक्रियामा अध्यक्षका लागि चार जनाको उमेद्वारी परेको थियो। आचार्य निर्बतमान कार्यसमितिका महासचिव पनि हुन्।

अध्यक्षका लागि निबर्तमान कार्यसमितिका उपाध्यक्ष द्वय यज्ञ नारायाण पौडेल “रमेश”,कृष्णहरी कडेल र संस्थापक उपाध्यक्ष श्यामप्रसाद खनालको समेत उमेद्वारी परेको थियो। सुरुवाती चरणमा पौडेल र खनालले उमेद्वारी फिर्ता लिए पनि अध्यक्षका लागि कडेल र आचार्य बिच सहमति जुटाउँन निकै जटिल देखिएको थियो। अन्त्यमा चितवन जिल्ला भरतपुर महानगरपालिका बडा नम्बर ४ स्थायी घर भएका आचार्य सर्बसम्मत अध्यक्ष बने।

बिगत ८ बर्ष यता स्पेनमा बस्दै आएका उनि बिद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय थिए। चितवन समाज स्पेनमा सचिव हुँदै उपाध्यक्षको जिम्मेबारी सम्हालेका आचार्य एनआरएनए स्पेनका पुर्ब उपाध्यक्ष तथा बर्तमान सल्लाहकार समेत हुन्।

अध्यक्षमा निर्बाचित भए पछि उनले संगठन सुदृढीकरण गर्दै प्रगतिशील बिचारधारा बोक्नेहरुलाई एकै ठाउँमा उभ्याउने प्रयास थाल्ने बताएका छन्। नबनिर्बाचित अध्यक्ष आचार्यले भने,” स्पेनमा रहेका अन्य संघ संस्थाहरुसँग पनि समन्वय गर्दै समाजलाई एकिकृत गर्दै अगाडी बढाउँनका लागि पनि तत्पर रहने छु।”

यस्तो छ नयाँ कार्यसमिति :-

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा सुर्य प्रसाद सापकोटा,सुरेन्द्र चौलागाई र इन्द्र प्रसाद पोखरेल,महासचिवमा अशोक किरण न्यौपाने,सचिव सुर्य प्रसाद सापकोटा ‘धिरज” र कोषाध्यक्षमा सिता भुसाल चयन भएका छन्। यस्तै कार्यसमिति सदस्यहरुमा दुर्गा प्रसाद गैरे “रामु” ,ऱिता देबी शर्मा,आइत तामाङ् र महेन्द्र कडेल रहेका छन्।

मञ्चले युरोप प्रतिनिधिमा कृष्णहरी कडेल र संरक्षकमा श्यामप्रसाद खनाललाई चयन गरेको छ।  नेकपा माओबादी केन्द्र मूल अधिबेशन आयोजक कमिटीका सदस्य तथा संयुक्त नेपाली मोर्चा युरोपका संयोजक सुरेन्द्र भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिबेशनको अध्यक्षता मञ्चका अध्यक्ष गंगाप्रसाद भुसालले गरेका थिए।