पल्सर स्पोट्र्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक


काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोट्र्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जाङ र शरद भेषावकर परेका छन् । आयोजकले आइतबार उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटर शरद भेषावकर, ब्याडि्मन्टनका रत्नजीत तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् ।

महिलातर्फ फुटबलकी सावित्री भण्डारी, एथ्लेटिक्सकी कान्छिमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी सरस्वती भण्डारी र बाडि्मन्टनकी नङशलादेवी तामाङ उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी छन् ।

उत्कृष्टको मनोनयनमा परेकी रत्नजीत र नङशल दिदी भाइ हुन् । यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका मेघराज केसी, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र एथ्लेटिक्सका पुष्पराज ओझा छन् ।