ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – प्रदेश २ मा असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचन नजिकिए पनि दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । आजका अधिकांश दैनिक पत्रिकाहरुले आकांक्षी धेरै भएपछि प्रमुख दलहरुलाई उम्मेदवार टुंगो लगाउन सकस परेको लेखेका छन् ।

चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालयले काठमाडौं मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगन गर्ने निर्णय गरेको छ । यो खबरलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ प्रकाशित गरेका छन् ।

मन्त्रीको फजुल खर्चको फेहरिस्त पनि आजको पत्रिकामा पढ्न सकिन्छ । चुरे विनासको असरलाई पनि आजका पत्रपत्रिकाहरुले समेटेका छन् ।