तेश्रो सराङकोट पर्यटन महोत्सव सुरु


पोखरा – पोखराको पर्यटकीय क्षेत्र सराङकोटलाई प्रचार प्रसार गदै आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले शुक्रबारदेखि तेश्रो सराङकोट पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष ओलीले देशको आर्थिक विकास र समृद्धिका लागी पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए ।

उनले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनि रहेको बताउदै देशलाई विकास र समृद्धिको बाटोमा अगाडी बढाउन पर्यटन पूर्वाधारका लागी सडक, हवाई, केबलकार र रेल मार्गको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘आर्थिक विकास र समृद्धिका लागी पर्यटन, कृर्षि र उर्जालाई महत्व दिनुपर्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पर्यटन क्षेत्रलाई विकास गर्न जरुरी रहेको बताउदै प्राकृतिक स्रोत र साधनले धनि देश नेपाललाई गरिव रहन दिन नहुने र नमिल्ने बताए । ‘देश प्राकृतिक रुपमा धनि छ, त्यसैले अव समृद्धिको बाटोमा जानुपर्छ ’भने । उनले नेपाली जनतालाई समृद्ध र सुखी बनाउने बाटो तर्फ सवै एक भएर लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले जनताको विकास र समृद्धिको आकाङक्षालाई पुरा गर्नुपर्ने बताए ।

नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना महत्वपूर्ण रहेको बताउदै पोखराको सराङकोट पर्यटनको महत्वपूर्ण गन्तब्य भएको बताए । पर्यटन क्षेत्रको विकास भए मात्रै रोजगारी सृजना हुने बताए । उनले आफु प्रधानमन्त्री हुदाँ पोखरामा रेल आउने बताएको भन्दै ढिलाचोडो रेल गुडने विश्वास ब्यक्त गरे । काम अगाडी बढेको छ, केही ढिला भएपनि पोखरामा रेल आउछ, तपाईहरु ढुक्क हुनुस अव काठमाडौबाट पोखरा एक घण्टामा सहज रुपमा आउनसक्नुहुन्छ उनको भनाई थियो ।

कानुन, न्याय तथा संसदीय ब्यवस्थामन्त्री यज्ञबहादुर थापाले पोखराको सराङकोट पर्यटकीय क्षेत्रका हिसावले विश्वकै उत्कृष्ट रहेको बताए । सराङकोटबाट देखिने सुर्योदय र सुर्यास्त विश्वकै एक नम्वर र सुन्दर रहेको बताउदै त्यसको प्रचार र ब्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिका र आफुहरुको रहेको बताए । कार्यक्रममा सांसद सिता गिरी ओली, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा लगायतले विकासका लागी सवै एकजुट हुनुपर्नेमा जोड दिए ।