पश्चिमाञ्चलमा १.८ प्रतिशत बालबालीका अझैपनी बिद्यालय बाहिर


????????????????????????????????????

पोखरा – पश्चिमाञ्चलका १६ जिल्लामा १दशमलब८ प्रतिशत बालबालीका अझैपनी बिद्यालय बाहिर रहेको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्दैशक बिष्णु अधिकारीले बताए ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाञ्चलले कियोस परियोआयोजना अन्र्तगत माछापुच्छ्रे गाउँपालीकामा ४ मा आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धि टेलीभिजन सम्बाद कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । नेपाल सरकार को निति तथा कार्यक्रमको बारेमा प्रस्ट पार्दै प्राथामीक तहसम्म को शिक्षा अनिबार्य र निशुल्क हुनुपर्नै भएपनी सबैको पहुचमा उक्त कुरा पुग्न नसकेको बताए ।

अंग्रजी शिक्षा प्रतिको मोहले गर्दा सामुदायीक बिद्यालयमा भन्दा निजि बिद्यालयमा बिद्यार्थीको चाप धेरै रहेको बताए । सामुदायीक बिद्यालयमा शिक्षक ब्यबस्थापनको पाटो जटिल भएको बताउदै दरबन्दि अनुसारको बिषयगत शिक्षक नभएकाले सरकारले यथासक्य दरबन्दि थप गरी समानुपातिक ढंगले शिक्षक मिलान गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै माछापुच्छ्रे गाँउपालीका का अध्यक्ष कर्ण बहादुर गुरुङले ज्ञानको भाषा नहुने हुदा शिक्षकले माध्ययममा भन्दा ज्ञान बाडनमा बढी चासो दिनुपर्ने बताए । त्यस्तै माछापुच्छ्रे गाँउपालीका वडा नम्बर ४ का वडा अध्यक्ष पुर्ण बहादुर शाहिले सामुदायिक बिद्यालयको गुणस्तर बृद्धि गर्न तर्फ सरोकारवाला निकाय लाग्नुपर्ने बताए । कार्यक्रममा गैर सरकारी संथा महासंघका अध्यक्ष पदम पहारीले राज्यले गर्न सक्ने काम मात्र निति तथा कार्यक्रममा राख्नु पर्ने बताए ।

पत्रकार बिश्व सुबेदीले बिद्यालयमा शिक्षक अति संबेदनशिल भएकोले गल्ती गरेमा दण्ड र राम्रो गर्नेलाई पुरस्कारको ब्यबस्था हुनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा शिक्षक , शिक्षक अभिभाबक संघ ,बिद्यालय ब्यबथापन समिति ,अभिभाबक,नागरीक समाज लगाएतले माछापुच्छ्रे गाँउपालीकामा शिक्षा क्षेत्रमा देखीएका समस्याको बारेमा बोलेका थिए ।

जिल्ला स्तरीय मानबअधिकार निगरानी समुहकी संयोजक दुर्गा केसी थापाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा इन्सेक पश्चिमाञ्चलकी कार्यक्रम अधिकृत सबनम शर्माले कार्यक्रम माथी प्रकाश पार्दै पोखराको स्थानिय टेलीभिजन गण्डकी टेलीभिजनबाट रेकर्ड गरीएको यो कार्यक्रम अन्य स्थानीय टेलीभिजन बाट प्रशारण समेत गरीने बताएकी थिइन् । मानबअधिकार निगरानी समुह लाहाचोकका संयोजक नारायण पौडेलले स्वागत गरेका थिए भने कार्यक्रम संञ्चालक इन्सेक जिल्ला प्रतिनिधि तथा कियोस सहजकर्ता संगीता भाटले गरेकी थिइन् ।