ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – प्रदेश २ मा असोज २ गते हुने स्थानीय चुनावको तयारीमा दलहरु लागेका छन् । चुनावका लागि उम्मेदवार मनोनयन दर्ता गर्न सात दिन बाँकी हुँदा सबै राजनीतिक दलहरु उम्मेदवार छान्न केन्द्रित भएको विषयलाई काठमाडौंबाट प्रकाशित हुने सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् ।

आयल निगम जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँगै पूर्व आपूर्तिमन्त्री दीपक बोहोरासमेत तानिएका छन् । यो खबरलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका छन् ।

 

बेपत्ताको संख्या दोब्बरले बढेको, निर्वाचन कानून बन्न ढिलाइ हुँदा प्रदेश र केन्द्रको निर्वाचन तयारीमा ढिलाइ भएको, एमाले कार्यक्रममा राजपाले अवरोध गरेको लगायतका खबर आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।