एक तरुण एक राहतमा नेपाली काग्रेस पोखरा ४ को सहयोग


पोखरा –  बाढि पीडितहरुको सहयोगार्थ नेपाल तरुण दलले संचालन गरेको “एक तरुण एक राहत ” कार्यक्रमको लागी सहयोग उठ्ने क्रम जारी छ ।  यसै क्रममा नेपाली काग्रेस पोखरा ४ को तर्फबाट शनिबार   तरुण दल केन्द्रिय अध्यक्ष जीत जंग बस्नेत र कास्की तरुण दल अध्यक्ष मनोज गुरुङलाई रु २१ हजार ५०  रुपैयाँ हन्स्तान्तरण गरियो । बस्नेत र गुरुङलाई नेपाली काग्रेस पोखरा ४ का अध्यक्ष गोविन्द पराजुली र पोखरा लेखनाथ महानगरपालिका वडा न‍ं‍‍‍ ४ का सदस्य सुर्वण केसीले रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस कास्की सभापती कृष्ण केसी पनि  सहभागी थिए ।

 बाढि पीडितहरुको सहयोगार्थ तरुण दल कास्कीले शनिबार पोखरामा कन्सर्ट समेत आयोजना गरेको थियो । स‌ंकलित रकम छिट्टै नै बाढी पहिरो पिडितलाई प्रदान गरिने तरुण दल कास्की अध्यक्ष गुरुङले जनाए ।