ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – काठमाडौंबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नेपाल र भारतबीच लगानीको मोडालिटी तय भएको विषयलाई पत्रपत्रिकाहरुले आज लेखेका छन् । पत्रपत्रिकाका अनुसार, आयोजनामा भारतले दुईतिहाइ र नेपालले एकतिहाइ लगानी गर्ने सहमति भएको छ ।

निजामति कर्मचारीको जिम्मामा रहेको अध्यागमन विभाग उनीहरुबाट खोसेर नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको विषयको खबर पनि आजको पत्रिकामा पढ्न पाइन्छ ।

 

भारतीय बुलेटबाट ग्यास आयात गर्दा नेपालबाट वार्षिक ३ अर्ब बाहिरिने गरेको, संसद् सचिवालयका सचिवको तलब मन्त्रीको भन्दा धेरै हुने गरी कानूनको मस्यौदा तयार पार्न लागिएको, प्रदेश र केन्द्रको निर्वाचन क्षेत्र निर्धारणको काम सकिएकोलगायतका खबरलाई आजका पत्रपत्रिकाहरुले विशेष प्राथमिकताका साथ लेखेका छन् ।