डागर स्मृति समाजसेवा पुरस्कारबाट साङपो पुरस्कृत


????????????????????????????????????

पोखरा । समाजसेवी सोनाम साङपो डागर स्मृति समाजसेवा पुरस्कारबाट पुरस्कृत भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३१५ बी १ का डिस्ट्रिक गभर्नर एमजेएफ धनराज आचार्य, संस्थाका संरक्षक रमा प्राशर र अध्यक्ष हिरादेवी बास्तोलाले १० हजार पाँच सय नगद, सम्मानपत्र र दोसल्लासहित उक्त पुरस्कार अर्पण गरे।

प्रमुख अतिथि आचार्यले आफ्ना श्रीमानको स्मृतिमा प्रतिष्ठान गठन गरेर रमा प्राशरले स्तुत्य कार्य गरेको बताए।
आचार्यले प्रतिष्ठानबीच आफ्नो पारिवारिक नाताको जस्तो सम्बन्ध रहेको बताए।

वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाले एउटा गलत नम्बरको फोनले जोडिएको साइनोले नेपाली माटो सञ्चिएको र त्यसैको उपज स्थापना भएको डागर स्मृति प्रतिष्ठानले स्तुत्य कार्य गरेको बताइन्।

सम्मानित व्यक्तित्व साङ्पोले आफूले प्राप्त गरेको पुरस्कारमा अरु रकम थप गरेर जनही २१ हजार बाल मन्दिर नदीपुरमा कक्षा ११ मा अध्ययनरत गोरखा आरुघाटकी दृष्टिविहिन छात्रा ममता गुरुङ र उनका भाइ लीलबहादुर गुुरुङलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे।

कार्यक्रमका स्रष्टा परिचय राख्दै असफल गौतमले सोनाम साङपोलाई कुरा भन्दा कामलाई महत्व दिने नेपथ्यका अर्का बुद्धको रुपमा चिनाए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोख्रेल, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सचिव ऋषराम शर्मा भण्डारी, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व सम्मानित व्यक्तित्वकातर्फबाट भीम रानाभाट, लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष लक्ष्मी मल्ल, नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रोग्राम कोर्डिनेटर मनिषा द्वालगायतले बोलेका थिए।

सोही समारोहबीच प्रतिष्ठानलाई पाँच हजार भन्दा बढी सहयोग गर्ने डा श्रेयंका मल्ल, डा तुलीका दुबे, शान्ता श्रेष्ठ, रिता पालिखे, अर्जुन पोख्रेल, ऋषिराम शर्मा भण्डारी, रमेश सापकोटा, वन्दना तिमिल्सिना, शक्ति प्रधानाङ्ग, अञ्जु श्रेष्ठ, सपना गुरुङ, विमला वसेल, अम्बु कर्माचार्य, अर्चना कर्माचार्य, शर्मिला श्रेष्ठलगायतलाई आजीवन सदस्यता प्रदान गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष हिरादेवी बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फडिन्द्र अकिञ्चनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सरिता तिम्सिना पंगेनीले गरेकी थिइन्।