बाढिपीडितलाई मण्टेश्वरी एशोसियशन कास्कीको राहत वितरण


पोखरा – तराईका बाढिपीडितलाई मण्टेश्वरी एशोसियशन कास्कीले राहत वितरण गरेकोे छ । साउन अन्तिममा आएको बाढिले तराई क्षेत्र डुवानमा परेपछि तराईमा सय भन्दा बढिले ज्यान गुमाए भने हजारोै विस्थापित हुनुपरेको थियो । एशोसियशनले तराई क्षेत्रको सिराहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्वर पाँच मुशहर बस्ती जम्मुवा टोलमा राहत वितरण गरेको हो ।

एशोसियशनका अध्यक्ष अरुणा शेरचनकोे नेतृत्वमा पोखराबाट गएको टोलीले बाढि प्रभावित मुसहहर बस्तीका ८५ घरधुरीलाई खाद्य सामाग्रीहरु दाल, चामल सहित पाल वितरण गरिएको राहत संकलन संयोजक एव. एशोसियसनका सदस्य जनार्दन सुवेदीले जानकारी दिए । एसोसियशनले एक लाख भन्दा बढि रकम संकलन गरेर राहत वितरण गरिएको सुवेदीले बताए ।

सिराहा युवा परिषद् अध्यक्ष बैजनाथ साहकोे सन्वयमा एशोसियसनले पीडितहरुलाई प्रत्यक्ष राहत उपलब्ध गराएकोे हो । हिमाल, पहाड तरार्ई जहाँका जनतालाई दुःख परेपनि नेपालीले नै सहयोग गर्नुपर्छ भन्ने भावना लिएर सवैले सहयोग गुर्नपर्छ सुवेदीले भने । नेपालीहरु दुःखका बेला एक हुन्छन भन्ने सन्देश दिदै सहयोगको भावना राख्नुपर्ने उनको भनाई छ । राहत वितरण टोलीमा कोषाध्यक्ष कुलप्रसाद सुवेदी र सदस्य रितादेवी सुवेदीकोे सहभागीता रहेको थियो । टोली राहत वितरण गरेर पोेखरा फर्किएको छ ।