ह्याण्डबलको उपाधी सोसियल पव्लिक र छात्रा तर्फ पोखरा एकेडेमीलाई


पोखरा –  नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा हिमालय क्लव पोखरा वाटुलेचौरद्वारा आयोजित छात्र तर्फको ह्याण्डबल उपाधी सोसियल पव्लिक र छात्रा तर्फ पोखरा एकेडेमीले हात पारेका छन । विहिवार सम्पन्न छात्र तर्फको फाइनल खेलमा सोसियल पव्लिकले सरस्वती आदर्श विद्याश्रमलाई १७–१४ को गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो भने छात्रा तर्फ पोखरा एकेडेमीले लिटिल स्टेपलाई ४–३ लाई पाखा लगाउँदै उपाधी चुमेको थियो ।

त्यसै गरि छात्र तर्फका दुवै सेमिफाइनलिष्टलाई तेश्रो पदकको घोषणा गरिएको छ । जसमा ज्ञानज्योती विद्या कुञ्ज र लिटिल स्टेपलाई तेश्रो स्थानका हकदार बनेका छनभने छात्रा तर्फका माउन्ट अन्नपुर्ण मावी सरस्वती आदर्श विद्याश्रम तेश्रो स्थान प्राप्त गर्न सफल भए ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले काम थालेको वताए । उनले खेलकुदलाई संस्कृती संग जोड्दै आयोजना हुने यस्ता कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने वताए । सचिव दाहालले १३ औ सागमा पोखरामा पाँच खेलका लागि छनौट भइसकेको हुनाले सो अनुरुपका पुर्वाद्धार विकासमा समेत मन्त्रालयले ध्यान दिएको जानकारी दिए ।

विजयी टिमलाई नगद शिल्ड र प्रमाण युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, पूर्व सांसद सोमनाथ अधिकारी प्यासी, पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, नेपाल ओलेम्पिक कमिटीका सदस्य एवम ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग, पोखरा लेखनाथ मनपा वार्ड र्न १६ का अध्यक्ष जिवन आचार्य, क्लवका अध्यक्ष जिव नारायण श्रेष्ठ, कार्यक्रम मुल संयोजक वेनि वहादुर वस्नेत, ह्याण्डवल उप समिती संयोजक नारायण देवकोटा लगाएतले वितरण गरेका थिए । प्रतियोगितामा छात्र तर्फको वष्ट प्लेयर प्रविन गुरुङ्ग (सरस्वती विद्याश्रम), छात्रा तर्फ संगित गुरुङ्ग (पोखरा एकेडेमी), छात्र तर्फ वेष्ट गोल किपर निर्मल गुरुङ्ग (सरस्वती विद्याश्रम) छात्रा तर्फ गौमाया खाती ( लिटिल स्टेप), हाइस्कोरर छात्र तर्फ सरोज गुरुङ्ग (सोसियल पव्लिक) र छात्रा तर्फ सिमोन गुरुङ्ग (लिटिल स्टेप) घोषित भए भने छात्र तर्फको फेयर प्ले अर्वाड ज्ञानज्योती मावी लेखनाथ र छात्रा तर्फ विन्दवाशिनी मावी वाटुलेचौर घोषित भएका छन ।

ह्याण्डबल खेलमा छात्रछात्रा दुवै तर्फ विजेताले नगद १५ हजार शिल्ड मेडल प्रमाणपत्र, उपविजेताले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र, सेमिफाईनालिस्ट टोलीले नगद दुई हजार पाँच सय मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगिताको मुख्य प्रायोजन वाटुलेचौर स्थित पोखरा प्लाटेनियम एण्ड साइन्स सेन्टरले गरेको थियो । क्लबका सचिव मोहनबहादुर थापाका अनुसार सोमबारदेखि सुरु भएको बाटुलेचौर तीज मेलाका अवसरमा प्रतियोगितामा छात्रतर्फ १६ तथा छात्रातर्फ १५ टीमले सहभागिता जनाएका थिए ।