पोखरेली युवामाझ ज्योतीले गरिन् यस्तो बबाल


राजाराम पौडेल, पोखरा – कालो वानपिस, कालो स्यान्डलमा स्टेज उक्लिएकी ज्योती मगरले घरी–घरी कालो स्ल्याक्स देखाउदै पोखरेली युवाको ध्यान खिचिन् । उनको बोल्ने स्टाइल, प्रयोग गर्ने शब्द तहाँ उपस्थित सबैलाई मन भने परेको थिएन । त्यहाँ उपस्थित युवा उनलाई सर्पोट गर्दै थिए । उमेर ढल्केका केहि दर्शक भने ज्योतीका हर्कत हेर्दै जिब्रो टोकिरहेका थिए । शम्भु राई को गीत चिठि तिमिलाई गीतबाट आफ्नो प्रस्तुती राख्न शुरु गरेकी ज्योतीले विभिन्न गीत गाउँदै त्यही गीतमा नृत्य गर्दै माहोल गर्माइन् ।

ज्योतीले अधिकांश समय उपस्थित युवालाई सेक्सी, बोका, च्वाँक, सोल्टी, बबाल शब्द प्रयोग गर्दै उफारिन् । प्रस्तुती राख्दा उनी पसिनाले निर्थुक्क भिजेकी थिइन् । उनलाई साथ दिने दर्शक उनका कुरा सुनेर झनै जोस्सिए ।

तीज गीतमा विकृती आफ्ना कारण नभई पुरुषले तीज गीत गाएको कारण भएको भन्न समेत उनले भ्याइन् । आफ्नो छोटो पहिरनको कारण भित्रि वस्त्र दर्शकले देखेको चाल पाएकी उनले बेला–बेलामा हातले छोप्ने प्रयास गरेको स्पष्ट देखिन्थ्यो । जे होस् ज्योतीले झण्डै एक घण्टाको अवधिमा आफ्नो पुरानो हर्कत दोहो¥याउदै पोखरेली दर्शकको ध्यान आफुतिर केन्द्रित गर्न सफल बनिन् । केहि दर्शकले अनौठौ मान्दै ज्योतीलाई हेरीमात्र रहे ।

कार्यक्रममा ¥यापर गिरीश खतिवडा, योगेश काजी, पोखरेली माग्ने बुढा युवराज भण्डारी र पोखरेली धुर्मुस राजेन्द्र अधिकारीको प्रस्तुतीमा समेत दर्शक रमाए । पोखराको महेन्द्रपुलमा सञ्चालनमा आएको ओरेन्ज मार्केटको समुद्घाटनको अवसरमा विविध साँस्कृतिक कार्यक्रम भएको थियो ।