गाउँले खानाको परिकार पस्कन लेकसाइडमा रातो घर 


????????????????????????????????????
पोखरा – गाउँले खानाको परिकार पस्कने उद्देश्यका साथ पोखराको लेकसाइडमा रातोघर नेपाली लोकल भान्छाघर एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पर्यटकीय शहर पोखराको मुख्य पर्यटकीय केन्द्रबिन्दु लेकसाइडमा गाउले परिवेशको खानाका पारखीहरुलाई लक्षित गरी रातो घर नेपाली लोकल भान्छा घर एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।
गाउमा पाइने विभिन्न परिकारहरुको स्वादलाई गाउले खानाको पारखीहरुलाई लक्षित गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको सञ्चालक कुमार गुरुङले वताए । रेष्टुरेण्टमा गाउमा पाइने लोकल कुखुरा, गुन्द्रुक, लगायतका नेपाली खानका परिकारहरुमात्र उपलब्ध गराइने समेत सञ्चालक गुरुङले वताए ।
भदौ एक देखि सञ्चालनमा आएको रेष्टुरेण्टले गाउले परिवेशका खानका पारखीहरुको मन जित्नेमा आफुहरु ढुक्क रहेको अर्का सञ्चालक भीम गुरुङले वताए । पर्यटकीय केन्द्र बिन्दुको रुपमा रहेको लेकसाइडमा विभिन्न मुलुकका परिकारहरु संगै नेपाली लोक स्थानिय उत्पादनहरुलाई ग्राहकसामु प्रस्तुत गर्नका लागी आफुहरुले लेकसाइड क्षेत्रनै रोजेर रेष्टुरेण्ट सञ्चालनमा ल्याएको उनको भनाइ रहेको थियो । ५० जना क्षमता रहेको रेष्टुरेण्टमा गाउले परिवेशमानै खानका परिकार संगै खाजाका परिकार हरु समेत उपलब्ध रहने सञ्चालकले वताएको छ ।