सृजना चौतारीको तीज फेलोशिप कार्यक्रम


राजाराम पौडेल, साउन पोखरा – नारीहरुको महान् पर्व तीजको अवसरमा लायन्स क्लव अफ पोखरा सुजना चौतारीले तीज फेलोशिप कार्यक्रम सम्पन्न गरेको छ । भड्कीलो रुपमा तीजलाई नमनाई एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाउनुपर्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको थियो । तीजमा गर्ने खर्च कटाएर अविरल वर्षाका कारण पिडित बनेका नेपालीलाई सहयोग गर्ने उद्धेश्यले कार्यक्रम स्थलमानै झण्डै एक लाख रुपैयाँ संकलन गरियो । सिर्जना चौतारीद्धारा स्पोन्सर गरिएका पाँच वटा क्लवले संयुक्त रुपमा राहत संकलन गरेर छिट्टै पिडित समक्ष रकम पु¥याउने क्लवका अध्यक्ष कलाधर बाँस्तोलाले बताए ।

लायन्स क्लव अफ सिजर्ना चौतारीका अध्यक्ष कलाधर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिकका वृक्षारोपण कमिटी चेयर पर्सन वालकृष्ण वराल, जोन चेयर पर्सन वसन्त गिरी, रिजन चेयर पर्सन विना गुरुङ्ग, डिष्ट्रिक कल्चर एण्ड कम्यूनिटी मोविलाईजेशन कमिटी मेम्वर सन्तोष घिमिरे, क्लवका प्रथम उपाध्यक्ष जित वहादुर थापा गोपाल, द्धितीय उपाध्यक्ष जिवन गोर्खाली, सचिव विष्णु गौतम, लायन्स क्लव अफ युनिटी चौतारीका अध्यक्ष सरस्वती गिरी, लायन्स क्लव अफ सफल चौतारीका अध्यक्ष जितेन्द ्रथापा, लायन्स क्लव अफ विरौटा साझा चौतारीको अध्यक्ष सिता पहारी, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष पुरुषोत्तमराज भण्डारी लगायतले तीज पर्वलाई भड्कीलो नबनाई आफ्नो क्षमता अनुसार मनाउन आग्रह गरेका थिए । तीज पर्वको मौलीकताहराउन नदिन आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा उपस्थित दिदीवहिनीलाई दर खुवाएर तीज गीतमा छमछमी नचाइयो । उत्कृष्ट नृत्य गर्ने सहभागीलाई पुरस्कार समेत वितरण गर्दा कार्यक्रममा रौनकता थपियो ।